जे देखिन्थ्यो त्यो नहुने रहेछ, जे रहेछ त्यो नदेखिने रहेछ !

©Mr.B2

Saturday, March 11, 2017


Share:

Thursday, March 9, 2017

पाइलट म


म पाइलट भा'छु बा!
ऊ हेर! हवाइजहाज रे त्यो?
पछि त्यसरी नै तैंले उडाउनु पर्छ।
आकाशमा उडेको प्लेन देखाउँदै,
बिँडिको एक सर्को धुवाँ आकाश तर्फ फाल्दै
मेरा बाले भन्नुहुन्थ्यो ।

सानै त थिएँ,
इँजार नभएको जाँगे हावाले उडाउँदा
सम्हाल्न मुस्किल पर्थ्यो,
खै!के बुझेर नाकमा रुमल्लिएको बिँडिको धुँवा हटाउँदै,
हस! भनी टाउको हल्लाउँथे ।

आफ्नै हातलाई पखेटा सम्झिएर
मुखले हुँईईईईई......गर्दै,
निभेको बिँडिको ठुटो मुखमा च्यापेर
पाइलट बन्न आगन देखि
वारि कान्लासम्म हाम्फाल्थेँ।
बा!ले सपना ठुलै देखाइदिनु भा'को हो,
तर गरिबीले ठुला सपनाहरुको हत्या गर्दोरहेछ!

बढ्दो उमेरसँगै,
सपनाहरु पनि उडिरहेको
हवाईजहाज झैँ दुर लाग्न थाले।
बुझ्दै छु अहिले बा !
हवाइजहाज उडाउनु भनेको
मेरो बालमस्तिष्क भुल्याउनु रहेछ!

छोरो स्वतन्त्र उड्न सक्ने होस् भन्ने रहेछ।
बुझेँ शहर पसेर!
सुर्यमा पुग्न शिखर भन्दा माथी जानू पर्दो रहेछ।
तपाईंलाई राहत होस भनेर,
अहिले म आकाशमा हैन,औंलामा बिँडी च्यापेर
धुँवा उडाउने पाइलट भा'छु बा !



Share:

About

Welcome to you in my personal blog

BTemplates.com

Blog Archive

Powered by Blogger.

Followers