जे देखिन्थ्यो त्यो नहुने रहेछ, जे रहेछ त्यो नदेखिने रहेछ !

©Mr.B2

Thursday, March 9, 2017

पाइलट म


म पाइलट भा'छु बा!
ऊ हेर! हवाइजहाज रे त्यो?
पछि त्यसरी नै तैंले उडाउनु पर्छ।
आकाशमा उडेको प्लेन देखाउँदै,
बिँडिको एक सर्को धुवाँ आकाश तर्फ फाल्दै
मेरा बाले भन्नुहुन्थ्यो ।

सानै त थिएँ,
इँजार नभएको जाँगे हावाले उडाउँदा
सम्हाल्न मुस्किल पर्थ्यो,
खै!के बुझेर नाकमा रुमल्लिएको बिँडिको धुँवा हटाउँदै,
हस! भनी टाउको हल्लाउँथे ।

आफ्नै हातलाई पखेटा सम्झिएर
मुखले हुँईईईईई......गर्दै,
निभेको बिँडिको ठुटो मुखमा च्यापेर
पाइलट बन्न आगन देखि
वारि कान्लासम्म हाम्फाल्थेँ।
बा!ले सपना ठुलै देखाइदिनु भा'को हो,
तर गरिबीले ठुला सपनाहरुको हत्या गर्दोरहेछ!

बढ्दो उमेरसँगै,
सपनाहरु पनि उडिरहेको
हवाईजहाज झैँ दुर लाग्न थाले।
बुझ्दै छु अहिले बा !
हवाइजहाज उडाउनु भनेको
मेरो बालमस्तिष्क भुल्याउनु रहेछ!

छोरो स्वतन्त्र उड्न सक्ने होस् भन्ने रहेछ।
बुझेँ शहर पसेर!
सुर्यमा पुग्न शिखर भन्दा माथी जानू पर्दो रहेछ।
तपाईंलाई राहत होस भनेर,
अहिले म आकाशमा हैन,औंलामा बिँडी च्यापेर
धुँवा उडाउने पाइलट भा'छु बा !



Share:

Sunday, February 10, 2013

TIME


To realize the value of one year ,
     Ask to the student who had failed a grade.
To realize the value of one month,
     Ask to a mother who give birth to a premature child.

To realize the value of one week,
      Ask to the editor of a weekly newspaper.
To realize the value of one day,
      Ask to the lovers who are going to meet.

Share:

Thursday, January 17, 2013

नयाँ थालनी

     नयाँ कामको  थालनी गर्न लाग्दा कसैबाट सहयोग प्राप्त गर्न सकिन्छ भन्ने आशा र अभिलासा बोकेर
एउटा ब्लगको सिर्जना गरेको छु |
   
      सानै उमेरबाट इन्टरनेटमा रमाउने चाहना आज आएर पुरा हुन खोज्दा कसलाई पो खुसी लाग्दैन होला
र ?????? त्यही कारणले आज म पनि .............................................
Share:

About

यो ब्लगमा किन आए भनेर अफसोच नमान्नु होला, किनकि मलाई थाहा छ तपाईको सुरुवातपनि मेरै जस्तो पाराबाट भएको थियो

)(

Blog Archive

Powered by Blogger.

Followers